राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आज दिउँसो आयोजित समारोहमा राष्ट्रपतिसमक्ष नवनियुक्त परराष्ट्रमन्त्री साउदले शपथ ग्रहण गर्नुभएको हो ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्नुभएको हो। साउद कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँ नेपाल विद्यार्थी सङ्घको पूर्व अध्यक्ष एव‌म् पूर्वमन्त्री पनि हुनुहुन्छ । त्यसैगरी, राष्ट्रपति पौडेलको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त हुनुभएकी नेकपा एकीकृत समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य नन्दा चापाईले पद तथा गोपिनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री दाहालले उहाँलाई पद तथा गोपिनीयताको सपथ गराउनुभएको हो ।