राष्ट्रिय सभाबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ र ‘भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७९’ पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले पेस गरेको सो विधेयक सर्वसम्मतिले पारित भएको हो । राष्ट्रिय सभामा उत्पत्ति भएको यो विधेयक अब सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ।