मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुर र जिल्ला स्थित उद्योगि व्यवसायिहरु बिच बुधबार छलफल भएको छ । जिसस मकवानपुरका प्रमुख ललित बहादुर घलानले उद्योग व्यवसायीसंग निजीक्षेत्रका समस्यालगायत समसायिक विषयमा छलफल गर्नु भएको हो ।
बुधबार जिसस मकवानपुरको सभाहलमा भएको कार्यक्रममा कोरोना पछिको आर्थिक मन्दिको अवस्था र उद्योगि व्यवसायिको समस्याहरुको विषयमा छलफल भएको थियो । व्यवसायिहरुले पछिलो समय बैंकको चर्को व्याजदर, कच्चा पदार्थको अभाव, बिद्युत, लगाएतका समस्यालाई समाधान गर्न पहल गरिदिन आग्रह गरेका छन् । उनिहरुले स्थानिय सरकारले स्थानिय स्तरका उद्योगी व्यवसायिसंग समन्वय गरेर स्थानीय उत्पादनलाई प्राथमिक्ता दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जिसस प्रमुख घलानले उद्योगि व्यवसायिको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कोभिडपछि अर्थतन्त्र समस्याग्रस्त रहेका भन्दै यसलाई उकास्न उद्योगि व्यवसयिहरुको महत्वपूर्ण भुमिका हुने हुँदा व्यवसायीहरुमा उत्पन्न भएको नैरास्यतालाई समाधान गर्न पहल गर्ने बताउनुभयो । यसअघि मंगलबार प्रमुख घलानसहितको टोलीले हेटौंडा औद्योगिक क्षेत्रका विभिन्न उद्योगहरुमा समेत अनुगमन गरेर त्याहाँको अवस्थाको बारेमा जानकारी लिनुभएको थियो । छलफलमा उद्योगसंघ मकवानपुर र उद्योग वाणिज्य संघ मकवानपुरका पदाधिकारी लगायत उद्योगि व्यवसायिहरुको सहभागिता थियो । छलफलमा सहभागिहरूले जिल्ला समन्वय समितिले व्यवसायिकाे बारेमा साेचेर छलफल आयाेजना गरिदिएकाेमा धन्यवाद समेत दिएका थिए ।