मकवानपुर – राष्ट्रपति बिद्यादेवि भण्डारीले बागमती प्रदेशको राजधानी हेटौंडा स्थित मदनभण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन गरिएको छ । सुविधा सम्पन्न तीन तले नवनिर्मित भवनको मंगलबार एक कार्यक्रमकाबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालले दिने सेवा सर्वसुलभ र गुणस्तरिय हुने बिश्वास व्यक्त गर्नुयो । उहाँले स्वस्थ्य मानिसबाट मात्रै स्वस्थ समाज र सुदृढ राज्य निर्माण कार्यलाई यथार्थ कार्यरूप दिने भन्दै प्रतिष्ठानले यो अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको छ । नागरिकहरुलाइ उत्कृष्ट स्वास्थ्य सेवा र स्वास्थ्यकर्मि, चिकित्सक तयार गर्नेमा विश्वस्त रहेको, स्वास्थ्य र शिक्षाको नाममा विदेश पलायन हुने जनशक्तिलाइ स्वदेशमै उच्च शिक्षा र उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न प्रतिष्ठानको महत्वपूर्ण भुमिका हुने उहाँको भनाई थियो ।
अहिलेको समयमा सर्ने तथा नसर्ने रोगहरु फैलदै जानु चिन्ताको विषय भएको बताउँनुहुँदै उहाँले जनस्वास्थ्य कार्यक्रमलाई जनताको घरदैलो सम्म पुर्याउन आग्रह गर्नुभयो । स्वस्थ व्यक्तिबाट मात्र उत्कृष्ट समाज निर्माण हुने भन्दै गुणस्तरिय सेवालाई आम नागरिकसम्म पुर्याउनु राज्यको दायित्व भएको वताउनुभयो । नेपालको संविधानमा नागरिकको लागि सुनिश्चित स्वस्थ्य सेवाको अधिकार लागू गराउनमा प्रतिष्ठानले टेवा पु¥याउने उहाँले बताउनुभयो । “नेपालको औद्योगिक क्षेत्रको रूपमा रहेको प्रदेशको राजधानीमा, स्थापित यो प्रतिष्ठानले जनतालाई माया गर्ने स्वास्थकर्मी उत्पादन गर्न सक्दामात्रै र स्वास्थ अनुसन्धानको क्षेत्रमा काम गर्दा मात्रै जननेता मदन भण्डारीको नाममा स्थापित यस प्रतिष्ठानको उदेश्य सार्थक हुनेछ” उहाँले भन्नुभयो ।
राष्ट्रपति भण्डारीले जनताको स्वास्थ्यका निमित्त स्वास्थ्य क्षेत्रमा विकास हुन जरुरी रहेको बताइन् । आम नागरिकलाइ गुणस्तरीय सेवा प्रदान गर्न जननायक मदन भण्डारीको स्मृतिमा भवन निर्माण हुनुले आफूलाई खुसि लागेको उहाँले बताउनुभयो । केवल रोग नलाग्नु मात्र स्वस्थ हुनु होइन स्वस्थ हुन सकारात्मक रहनु नै वास्तवमा स्वस्थ रहनु हो, हाल व्याप्त जनसंख्या बृद्दि, संक्रामक रोगहरुको प्रकोपलाई न्युनिकरण गर्ने कुरामा मध्यनजगर गर्दै सार्वजनिक स्वास्थ्य सेवालाई सुदृढ गर्न तिनै तहको सरकारको महत्वपूर्ण भुमिका रहने उहाँले बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री शालिकराम जमरकट्टेलले २०७४ सालको निर्वाचन पश्चात् स्थापना भएको बागमति प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । कार्यक्रममा प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले २०७६ असोज २ गते मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले बागमति प्रदेश सभाबाट विधिवत रुपमा नामाकरण भई काम सुरु गरेको बताउनुभयो । उहाँले बागमति प्रदेशको दुरदराजका विकट गाउँहरुमा स्वास्थ्य जनशक्ति उपलब्ध गराउने काममा प्रतिष्ठानले महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताउनुभयो । भवन संघिय सरकारले बीएस कन्ट्रक्सन कम्पनिसंग करिव ३५ करोड रुपैयाँ लगानिमा सम्झौता गरि मिति २०७६ भाद्र ७ गतेदेखि निर्माण कार्य सुरु भएको थियो ।
उद्घाटनपछि राष्ट्रपति भण्डारीले अस्पतालको अवलोकन तथा निरीक्षण समेत गर्नु भएको थियो । अस्पतालको नवनिर्मित भवन उद्घाटन समारोह कार्यक्रम मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति विश्वराज जोशिको सभाध्यक्षता भएको हो । कार्यक्रममा बागमति प्रदेश प्रमुख यादबचन्द्र शर्मा, बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति शालिक राम जम्मरकट्टेल, प्रदेश सरकारका प्रथम मुख्यमन्त्रि डोरमणि पौडेल, प्रदेश सभामुख भुवन पाठक, प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, प्रतिनिधि सभा सदस्य महेश बर्ताैला, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई लगायतको उपस्थिति थियो ।