हेटौंडा÷मकवानपुर उद्योग वाणिज्य संघको मुख्यआयोजनामा हेटौंडा १० टिसिएन चौरमाजारी महोत्सवमा चर्चित गायक प्रकाश सपुतले धमकेदार आफ्नो सांगीतिक प्रस्तुती दिएका छन् । गलबन्दी च्यातियो…, पीर दियो…, कुरा बुझ्नु पर्छ…लगायतका आफ्ना गीत प्रस्तुत गरेका थिए ।
स्वदेशी उत्पादनलाई प्रवद्र्धन र विक्री गर्ने उद्देश्यले जमादार ग्रुप हेटौंडाले सञ्चालनमा ल्याएको स्वदेशी सुपर मार्केटले गायक सपुतलाई महोत्सवमा ल्याएको हो । महोत्सवको थप शोभा बढाउन ग्रुपले हेटौंडामा ल्याएका हुन् ।
महोत्सवको सातौं दिन मंगलबार महोत्सव अवलोकन गर्न आएका दर्शकहरु गीतसंगीतमा मज्जाले झुमेका थिए । महोत्सवमा गायिका अस्मिता अधिकारी, पुराना चर्चित लोक गायक घमेश दुलाल, कमेडियन प्रभात लामाले आफ्नो प्रस्तुती दिएका थिए ।
युवा पुस्ताको मन मुटुमा बसेकी गायिका अधिकारीले आफु नाच्दै गाउँदै सबैलाई नचाएकी थिइन् । आफ्ना चर्चित गीत प्रस्तुत गरेकी अधिकारीले हेटौंडामा पहिलो पटक आफ्नो सांगीतिक प्रस्तुती दिएकी हुन् ।
भोली बुधबार युवापुस्ताका मन पर्ने गायक युवराज चौलागाई, गायिका शीलु भट्टराई गायक विश्व नेपाली, कमेडियन सुदीप थापालगायतका कलाकारले आफ्नो प्रस्तुती दिने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताउनुभयो ।
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगितार हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको टप टेन छनौट भई भोटिङ राउण्ड सुरु भएको छ । मंगलबारबाट आफ्ना मन पर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
महोत्सव सम्पन्न गर्न जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेका छन् भने महोत्सवको सह—आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथाआपूर्ति मन्त्रालय, संस्कृतितथापर्यटन मन्त्रालय र कृषितथा पशुपन्छी विकास मन्त्रालय रहेको महोत्सवका मुल संयोजक एवम् मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनुभयो । गत माघ ११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा निशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन भइरहेको छ ।