मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका २५० विद्यँर्थीलाई न्यानो कपडा वितरण गरिएको छ । बकैया–५ नम्बर वडा कार्यालयले वडाका ४ वटा विद्यालयका २५० जना बिद्यार्थीलाई न्यानो कपडा (स्वेटर) वितरण गरेको हो ।
वडा कार्यालयको बालबालिका लक्षित कार्यक्रम अन्तरगत बकैया–५ मा रहेको ४ वटा बिद्यालयहरु कर्म प्राप्ती मावि, प्रभात मावि, गितावर निमावी र किसान जागरुक सिद्धार्थ प्राविका इसिडि र नर्सरी कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा स्वेटर वितरण गरिएको वडा अध्यक्ष लक्ष्मी जिम्बाले जानकारी दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष जिम्बासहित कार्यपालिका सदस्य लक्ष्मी माझी, वडा सदस्यहरु छलिमाया घिसिङ, ज्ञानुमाया सुनुवार, अमृत थिङ, सोमवहादुर माझी, वडा सचिव देवराज लामिछाने लगायतको उपस्थिती थियो ।