काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अति गरे खति हुन्छ भन्ने कुरा नेपाली काँग्रेसको नेतृत्वले बुझ्नुपर्ने टिप्पणी गर्नु भएकाे छ । नेकपा एमालेसहितको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने भएसँगै डा. भट्टराईको यस्तो टिप्पणी आएको हो । ‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका क. प्रचण्डलाई हार्दिक बधाई अतिले खति गर्छ भन्ने काँग्रेस नेतृत्वले बुझोस्,’ भट्टराईले ट्वीटरमा लेख्नु भएकाे छ ।