file photo

हेटौंडा – प्रहरीले हेटौंडाबाट नेकपा (बिप्लप समूह) का ७ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको छ । सरकारले ल्याएको अध्यादेश रोक्ने षड्यन्त्र भएको भन्दै हेटौंडा बसपार्कमा पुर्वपश्चिम राजमार्ग अवरोध गर्न खोज्ने ७ जनालाई नियन्त्रणमा लिईएको हो ।
नेकपाले पुर्व घोषित कार्यक्रम अनुसार तीन बुँदे सहमति कार्यान्वयन गर्न ल्याएको अध्यादेश रोक्ने षड्यन्त्रका बिरुद्ध देशव्यापी संघर्षका कार्यक्रम गरेको थियो । पूर्व घोषित कार्यक्रम अनुसार सडक अबरुद्ध गर्न पुगेका अखिल क्रान्तिकारी मकवानपुरका उपाध्यक्ष सुर्य सिंहसहित ७ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले अखील क्रान्तिकारीका उपाध्यक्ष सुर्य सिंह, अखिल क्रान्तिकारी पश्चिम बागमती विद्यार्थी संयोजक विवेक घलान, केन्द्रिय सदस्य राम घलानसहित सुरज घलान, अमन लामा, रबि रुम्बा र भुषण लामालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयाे ।