नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिक तर्फ ६ लाख मत कटाएको छ । त्यस्तै दोस्रो स्थानमा रहेकाे नेपाली काँग्रेसले ५ लाख ७२ हजार मत ल्याएको छ । निर्वाचन आयोगले बिहीबार दिउँसो साढे ३ बजेसम्म आफ्नो वेबसाइटमा प्रविष्ट गरेको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख मत कटाएको छ । स्वतन्त्र पार्टीलाई ३ लाख ९ हजार ६७ मत प्राप्त भएको हो । यो पार्टी तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको २ लाख ७८ हजार मत छ भने पाँचौँ स्थानको राप्रपाले १ लाख ६८ हजार मत ल्याएको छ । नेमकिपाले ५१ हजार, जनमत पार्टीले ४९ हजार, नागरिक उन्मुक्ति पार्टीले ४८ हजार, नेकपा एकीकृत समाजवादीले ४० हजार मत ल्याएका छन् ।