निर्वाचन आयोगले आगामी संसदीय चुनावका लागि राजनीतिक दलहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४८ जनाको नाम हटाएको छ । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पे गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएका ५४८ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले ५४८ जनाको नाम बन्दसूचीबाट हटाएको जानकारी दिएका छन् ।