मकवानपुर – मकवानपुरका पत्रकारहरूकाे निःशुल्क आँखा परिक्षण गरिएकाे छ । नेपाल पत्रकार महासंघ मकवानपुरले बिहीबार विश्व दृष्टि दिवसको अवसर पारेर जिल्लाका पत्रकारहरुलाई लक्षित गरी आँखा शिविर आयोजना गरेको हो ।
निःशुल्क आँखा शिविरमा ६६ जना पत्रकारले आँखा परिक्षण गराएका छन् । महासंघले हेटौंडा सामुदायिक आँखा अस्पतालको समन्वयमा शिविर संचालन गरेको महासंघका अध्यक्ष मणिराज गौतमले बताउनुभयो । शिविरमा नेत्र सहायक अफिसर रिना खड्की, नेत्र सहायक मिलन क्षेत्री र आई हेल्थ वर्कर अचला शर्माले परीक्षण गर्नुभएको थियो । अधिकांश पत्रकारहरु कम्प्युटरमा बस्ने भएकाले आँखाको समस्या थाहा पाउन महासंघले शिविर संचालन गरेको अध्यक्ष गौतमले बताउनुभयो ।