मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई पितृ शोक परेको छ । हेटौंडा–१७ हटिया स्थित स्थायी घर भएका रबि बहादुर खुलालको ८८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।
उहाँको हेटौंडाको हटियामा शनिबार नै हिन्दु धर्म अनुसार दाहसंस्कार गरिएको छ । स्वर्गीय रबि बहादुर खुलालको पाँच छोरा, दुई छोरी र एक श्रीमति हुनुहुन्छ ।