मकवानपुर – जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रमुख जिल्ला अधिकारी (सीडीओ) राजेन्द्रदेव पाण्डेको स्वागतमा सलामीबाट सम्मान गरेकाे छ । जिल्ला प्रहरीले परमपरागत प्रचलनअनुसार सीडीओ सलामीबाट स्वागत गरेको हो । आज साेमवार सीडीओ पाण्डे जिल्ला प्रहरी कार्यालयको निरीक्षणमा जाँदा सलामीबाट स्वागत गरिएको हो ।

मकवानपुरका सीडीओ प्रमुख जिल्ला अधिकारी परिवर्तन भएको चार दिन भएको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे सरुवा भएपछि उहाँको ठाउँमा पाण्डे आउनुभएको हो । मकवानपुरमा आएपछि हरेक दिनजसो उहाँले भेटघाट, छलफल र निरीक्षणमा बिताउनुभएको छ । यही असार १७ गते सरुवा भइ मकवानपुर आउनुभएका सीडीओ पाण्डेले सुरक्षा निकाय, पत्रकारलगायत सरोकारवाला निकायसँगको भेटघाट बढाउनुभएकाे छ । जिल्ला समन्वय समिति मकवानपुरले हिजो मात्र उहाँको स्वागत गर्‍याे । त्यहाँ उहाँलाई मकवानुरका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ, प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्की, प्रहरी निरीक्षकहरू लगायतकाले स्वागत गरेका थिए । त्यही क्रममा पाण्डेलाई पिर्कामाथि राखेर सलामी दिइएको थियो । सलामीपछि उहाँले जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षण तथा अवलोकन गर्नुभयो ।