मकवानपुर – रैथाने बालीलाई निकै महत्व दिएर त्यसको संरक्षण र सम्बद्र्धमा लागेको मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीको महत्व र पोषण सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । गाउँपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई रैथाने बालीको महत्व र पोषण सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको हो ।
स्वास्थ्य स्वयंसेविकाहरु गाउँमा सूचनाको संवाहकको रुपमा रहेको र उनिहरुलाई रैथाने बालीको महत्व वारे जानकारी दिई खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने साथै रैथाने बाली संरक्षण र सम्वर्धनमा योगदान पु¥याउने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो । गाउँपालिकाको लक्ष्य र रैथाने बालीकोसंरक्षण र सम्वद्र्धनमा स्वास्थ्य स्वयमसेवीकाहरुको महत्वपूर्ण भूमिका हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दार्जे लामा स्याङतानो सभाध्यक्षतामा कार्यक्रम भएको हो । गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा वडा नम्बर १ देखि ६ सम्मका स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई रैथानेबाली कोदोको सेल र हलुवा खाजा खुवाईएको थियो ।









