मकवानपुर – मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास भएको छ । बिहीबार एक कार्यक्रमबाबीच गाउँपालिका अध्यक्ष राजकुमार मल्लले प्रशासनिक भवनको शिलान्यास गर्नु भएको हो ।

प्रशासनिक भवन निर्माणका लागि ८ करोड ९९ लाख ३१ हजार रुपैयाँ कुल लागत अनुमानसहितको ठेक्का आह्वान गरेकोमा ६ करोड ४२ लाख १२ हजार ८ सय २५ रुपैयाँ ९ पैसामा सम्झौता भई निर्माण सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गर्तौलाले बताउनुभयो । गाउँपालिकाले जय माता कन्स्ट्रक्सन प्रा.लि. सँग निर्माण सम्झौता गरेको उहाँले बताउनुभयो । शिलान्यास कार्यक्रममा गाउँपलिकाका उपाध्यक्ष बनस्थम थिङ, लेखा अधिकृत राजेन्द्र भट्टराईलगायतको सहभागिता थियो ।









