हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सिठ्ठी जुलुस गरिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल खेलकुद महासंघ लगायत भ्रातृ संगठनहरुले संयुक्त रुपमा सिठ्ठी बजाएर मूल्यवृद्धिको विरोध प्रर्दशन गरेका हुन् ।

No description available.

मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा क्याम्पसबाट सुरु भएको सिठ्ठी जुलुस बुद्धचोकमा कोणसभा गरिएको थियो । उनिहरुले मुल्यवृद्धि फिर्ता गर, सडक हामी तताउंछौ मुल्य वृद्धि घटाउँंछौ, परमादेशी सरकार राजिनामा दे, नालायक सरकार होसियार लगायत नारा समेत लगाएका छन् । मूल्यवृद्धिको विरोधमा एमाले निकट भातृ संगठनहरुले दैनिक प्रर्दशन गर्दै आइरहेको छ । पार्टीको केन्द्रिय सर्कुलर अनुसार पहिलो दिन हेटौंडाको बुद्धचोकमा खाली ग्याँस सिलिण्डर प्रर्दशन गर्दै सडकमा चुलोमा आगो बालेर चिया बनाएर खाएका थिए । दोस्रो दिन सरकारी सवारीको साँचो(चाबी) नियन्त्रणमा लिएरको थियो ।