मकवानपुर – मकवानपुरको पूर्वी बागमती गाउँपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । सत्तारुढ गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्केश घलान अध्यक्षमा र नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र तिमल्सिना उपाध्यक्षमा निर्वाचित हुनु भएको हो ।
घलानले नेकपा एमालेका उम्मेदवार खेम जर्गा मगरलाई पराजित गर्नु भएको हो । घलाननले ७ हजार ३८४ मत प्राप्त गर्नु भयो, भने उहाँका प्रतिद्धन्दी जर्गा मगरले ६ हजार १६६ मत प्राप्त गर्नु भएको थियो । यस्तै उपाध्यक्षमा विजयी तिमल्सिनाले ७ हजार ९३५ मत प्राप्त गर्दा प्रतिद्धन्दी नेकपा एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६६९ मत प्राप्त गर्नुभयो । बागमती गाउँपालिकामा माओवादी ५ वटा, एमाले ३ र कांग्रेस एउटा वडामा विजयी भएको निर्वाचन अधिकृत हरि उपाध्यायले जानकारी दिनुभयो ।