हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को वडाअध्यक्षमा नेकपा एमालेका अनिल बानिया विजयी हुनुभएको छ । बानिया १८९८ मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामबाबु बानियाले १७२०, राप्रपाका दामोदर बानियाले १४३ मत प्राप्त गर्नुभयो । वडा सदस्यहरुमा नेपाली कांग्रेसका योगराज खतिवडा र नेकपा एमालेका तोयानाथ तिमल्सिना विजयी हुनु भएको छ । यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी विष्णुमाया थपलिया र दलित महिला सदस्यमा नेकपा एमालेकी पूजा मंग्रती विजय हुनु भएको छ ।