हेटोंडा – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नंबर ३ मा ५ दलीय गठबन्धनलाई पराजित गर्दै एमालेका वडा अध्यक्षका उम्मेद्वार प्रताप भोम्‍जन भारी मतान्तरले विजयी भएका छन् । एमालेका भोम्‍जनले १ हजार १७६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका कृष्‍ण प्रसाद पुरीले ६७९ मत प्राप्त गरेका छन् ।