काठमाण्डाै – निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको चुनाव चिह्न अङ्कित ज्याकेट, टी–सर्ट, टोपीलगायत कुनै किसिमको पहिरन वा स्टिकर नबाँड्न चेतावनी दिएको छ । 
आयोगले चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको र आचारसंहितामा चुनाव चिह्न भएको कुनै प्रकारको पहिरन, लोगो, झोलालगायत साङ्केतिक सामग्री बाँड्न रोक लगाएको स्मरण गराउँदै त्यस्तो काम नगर्न भनेको हो । कतिपय ठाउँमा चुनाव चिह्न भएको पहिरन बाँडेकाे जानकारी आएको भन्दै आयोगले त्यस्ता किसिमका वस्तुको वितरण तत्काल रोक्न भनेको छ । 
यस्तै आयोगले त्यस्ता सामग्रीको उत्पादन तथा बिक्री/वितरण गर्ने काम तत्काल बन्द गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्सलाई पनि अनुरोध गरेको छ । आफ्नो अनुरोधलाई बेवास्ता गरी उल्लङ्घन गरेमा ऐनमा भएको व्यवस्थाअनुसार कारबाही गर्ने आयोगको चेतावनी छ ।  
आयाेगकाे विज्ञप्ति–srrqr€ffi