file photo

काठमाडौँ – निर्वाचन आयोगले दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य राजनीतिक दलहरूलाई पनि आगामी स्थानीय तह निर्वाचनका लागि दलहरूकै निर्वाचन चिन्ह दिने निर्णय गरेको छ ।आयोगको बैठकले जिल्लामा दलहरूको आफ्नो संरचना कायम रहेको विवरण प्राप्त भएका दलहरूलाई सम्बन्धित दलकै निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । अव दलहरूको जिल्लागत विवरण तयार गरेर मतपत्रको डिजाइन गरिने आयोगले जनाएको छ ।