file photo

मकवानपुर – मकवानपुरमा बिहीबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान करीब २ बजेको समयमा हेटौंडा–१९, बस्तिपुर भुन्द्रुङमा ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक राक्सिराङ गाउँपालिका–८ का २८ बर्षीय सागर स्याङ्तानको मृत्यु भएको हो ।
भुन्द्रुङबाट बस्तिपुरतर्फ आउँदै गरेको ना ६ त १८४५ नम्बरको ट्रयाक्टर काठे पुल तर्ने क्रममा पुल भाँचिएर सोही ट्रयाक्टरमा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव निरिक्षक जयेश्वर रिमालले जानकारी दिनुभयो ।