हेटौंडामा – नेकपा एमाले गढी गाउँपालिका वडा नं. ७ सुकाैरा काे पार्टी कार्यालय उद्घाटन गरिएकाे छ । नेकपा एमाले जिल्ला कमिटीका सचिव नवीन सिग्देलले अाज सुकाैराकाे दमारमा उद्घाटन गरेका हुन् । नेकपा एमालेकाे विकल्प अरू कुनै पार्टी हुन नसक्ने जनताकाे दु:ख र पीडामा सधै उभिएकाे बताए । अाज गाउँगाउँमा भएकाे विकासकाे लहर २०५१ सालकाे मनमाेहन सरकारकाे निरन्तरता नै केपी अाेलीकाे सरकार भएकाे, विकास र समृद्विकाे यात्रामा अगाडि बढिरहँदा देशीविदेशी जनविराेधी शक्ति मिलेर केपी अाेलीकाे सरकार ढालेकाे बताए । अब पार्टीकाे सम्पूर्ण कार्यकर्ता र कमिटीले बैशाख ३० गते हुने निर्वाचनलाई केन्द्रविन्दु बनाउने भन्दै जनताकाे अध्याधिक मतले अनुमाेदन हुने सचिव सिग्देलले दावि गरे । कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य मेम्बर लाे, जिल्ला सदस्य कुमार केसी, पूर्व जिल्ला सदस्य वीरबहादुर रूम्बा, अनेकिमहासंघका जिल्ला अध्यक्ष विष्णु दंगाललगायतले मन्तव्य राखेका थिए भने गाउँपालिकाका सदस्यहरू एकाबहादुर गाेले, नानीमैया थिङ्ग, सिंघबहादुर मुक्तान, पूर्णबहादुर रूम्बाकाे उपस्थिति रहेकाे वडा सचिव रामबहादुर स्यनङ्तानले बताए । कार्यक्रम वडा कमिटीका अध्यक्ष मानबहादुर घलानकाे अध्यक्षतामा भएकाे हाे ।