सुनको मुल्य आज फेरि घटेको छ । सुनकाे मुल्य तोलामा १४ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।