file photo

काठमाण्डौ – सभामुख अग्निप्रसाद सापकोटाले भोलि सोमवार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको उहाँका प्रेम विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ दलका सांसदहरूले आज बिहान १० बजे सिंहदरबारमा रहेको संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ । महाअभियोगको प्रस्तावक नेकपा ९माओवादी केन्द्र० का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा। पुष्पा भुसाल र नेकपा ९एकीकृत समाजवादी० का जीवनराम श्रेष्ठ हुनुहुन्छ । यस्तै समर्थकमा नेपाली कांग्रेसका डा। मीनेन्द्र रिजालसहित ९५ सांसद हुनुहुन्छ । यसैबीच भोलि सोमवारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक भने यही फागुन ४ गते बुधवारका लागि सारिएको छ ।