मकवानपुर – बागमती प्रदेश सरकारले यस वर्षबाट आफ्नो स्थपाना दिवस नमनाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको वैठकले प्रत्येक वर्ष माघ २९ गते मनाउने गरिएको स्थापना दिवस यसवर्षबाट नमनाउने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला एवम् कानुन मन्त्री कृष्णशर्मा खनालका अनुसार स्थापना दिवसमा प्रदान गरिने पुरस्कार तथा विभूषण भने अन्य कुनै उपयुक्त दिन पारेर प्रदान गर्ने निर्णय भएको छ । यस्तै मन्त्रिपरिषद बैठकले यात्रुबाहक सवारीलाई नगद कारोबाररहित अर्थात क्यासलेस बनाउन आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ । यस्तै बैठकले भरतपुर महानगरपालिकाले निर्माण गर्न लागेको प्रशासनिक भवनका लागि ५० प्रतिशत स्रोत सुनिश्चित गरेको छ । प्रशासकिय भवन निर्माणका लागि कुल ९० करोड लागत मध्ये प्रदेश सरकारले ठेक्का रकमको ५० प्रतिशत व्योहोर्ने निर्णय भएको प्रवक्ता खनालले जानकारी दिनुभयो ।