काठमाण्डाै – मुस्ताङ र मुगुबाहेक सबै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुस्ताङ र मुगुमा मात्र कोरोना सङ्क्रमणको शून्य सङ्क्रमण रहेको छ ।
एक हप्ताअघि सङ्क्रमणदर २ दशमलव ६ प्रतिशत रहेकोमा अहिले सङ्क्रमणदर १२ प्रतिशत नाघेको छ । सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार हाराहारी पुगेको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै छ । काठमाण्डौमा २ हजार ६ सय ५५, ललितपुरमा ९ सय र भक्तपुरमा ६ सय ३३ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यस्तै सुनसरी, कास्की, बाँके र कैलालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २ सयभन्दा धेरै छ । कोरोना सङ्क्रमण फेरि बढ्न थालेकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न विज्ञहरुले आग्रह गरेका छन् । सरकारले भीडभाडजन्य गतिविधिमा रोक लगाएको छ ।