मकवानपुर – मकवानपुरमा जारी पहिलो संस्करणको अन्तरपालिका पुरुष फुटबल प्रतियोगिताको फाईनल खेल आज (शनिबार) हुँदैछ । हेटौंडा–४ हुप्राचौरमा जारी प्रतियोगिताको उपाधि भिडन्तमा आज हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका भिड्नेछन् ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा जारी प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाले बकैया र बागमती गाउँपालिकालाई पराजित गर्दै फाईनल पुगेको हो । भने, थाहा नगरपालिकाले भीमफेदी गाउँपालिकालाई पराजित गरेर फाईनलमा स्थान बनाएको हो । फाईनल खेल आज दिउँसो १ बजेबाट सुरु हुनेछ ।
जिल्लाका १० स्थानीय तहको सहभागिता रहेको जारी प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ । यस्तै प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने छ ।