काठमाडौँ – आज देशभर ३ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ११ हजार ४ सय ३ नमुनाको पिसिआर तथा ऐन्टीजेन परीक्षण गर्दा ३ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै आज २ सय १ सङ्क्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ७ प्रतिशत सङ्क्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ । सङ्क्रमण कारण आज थप ६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ३५ पुगेको छ । हाल देशभर ७ हजार ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज देशभर १ लाख ४१ हजार ५ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।