मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले विकासको आधार नै शिक्षा रहेको बताउनु भएको छ । मकवानपुरगढी गाउँपालीकाको शिक्षक श्वर्णिम अबकास कार्यक्रम अन्तरर्गत शिक्षक सम्मान तथा बिदाई कार्यक्रममा बोल्दै खुलालले शिक्षा बिना बिकासलाई ब्यबस्थित र ठिक ढङगले अगाडि बडाउन नसकिने बताउनुभयो ।
समाज रुपान्तरणमा शिक्षकहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै मकवानपुरगढी गाउपालीकाको शिक्षक श्वर्णिम अबकास कार्यक्रमले शिक्षकहरुको सम्मान गरेको बताउनु भयो । शिक्षा र चेतना बिनाको बिकास निर्माण अपुरो हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा मकवानपुरगढी गाउपालीका अध्यक्ष बिदुर हुमागााईले मकवानपुरगढी गाउँपालीका शिक्षा र शिक्षक मैत्री बताबरणका साथ अघि बडेको बताउनुभयो । समाज रुपान्तरणमा शिक्षकहरुको भुमिका महत्वपुर्ण रहेको भन्दै अबकास पछिको अबधिमा पनि सिप र दक्षताको आधारमा गाउँपालीकाले अबसर दिने बताउनु भयो । अध्यक्ष हुमागाईले शिक्षक श्वर्णिम अबकास कार्यक्रमलाई आगामी बर्षमा पनि निरन्तरता दिने बताउनु भयो ।
शिक्षक श्वर्णिम अबकास कार्यक्रम अन्तरर्गत मकवानपुरगढी गाउँपालीकाले १३ जना शिक्षकलाई सम्मान गरेर बिदाइ गरेको छ । सम्मानित हुने शिक्षकहरुलाई दोसल्ला ओडायर सम्मान पत्र सहित बिदाई गरिएको छ ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालीका प्रशासकिय अधिकृत रामकुमार पुडासैनी , वडा नम्बर ३ का वडा अध्यक्ष भागबत घिमिरे , वडा नम्बर ५ का अध्यक्ष जीत बहादुर घिमिरेलगायत विभिन्न बिधालयका प्रधानाध्यापक,शिक्षकहरुको उपस्थिति रहेको थियो ।