हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव उहाँका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले शुक्रबार देशसभा सचिवालयमा दर्ता गराउनुभएको हो ।
मुख्यमन्त्री शाक्यले बागमती प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्नुभएको हो । मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल एमाले विभाजन भएसँगै दल विभाजन भएको तीस दिन भित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार विश्वासको मत लिने प्रस्ताव दर्ता गराएको मुख्यमन्त्री शाक्यले बताउनुभयो । अब असोज २४ गते बस्ने प्रदेश सभा बैठकले विश्वासको मत लिने नलिने तय गर्ने प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताउनुभयो ।