मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको यो वर्षको दशैं मामाघरबाट सुरु भएको छ । मंगलबार बिहान उहाँले हेटौंडा–४ मा रहेको सडक बालबालिकाहरुको उद्धार एवम् पालनपोषण गर्दै आएको संस्था मामाघर नेपालमा पुगेर त्यहाँ आश्रीत भाञ्जाहरुलाई टिका तथा दक्षिणा प्रदान गरेर दशैं सुरु गर्नुभएको हो । त्यस अवसरमा उहाँले मामाघर नेपाललाई विभिन्न किसिमले सहयोग गर्दै आउनुभएका दुई अमेरीकी नागरिकलाई समेत टिका लगाउनुभएको थियो । भाञ्जाहरुलाई टिका लगाउँन पाउँदा आफुलाई खुसि लागेको प्रमुख खुलालले प्रतिकृया दिनुभयो । (फोटो फिचर)