मकवानपुर – नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ हेटौंडा–९ नम्बर वडा कमिटीको भेला आगामी भदौ १९ गते आयोजना हुने भएको छ । भेलाको तयारीका विषयमा शनिबार बैठक बसेर व्यापक युवा सहिभागितामा बृहत युवा भेला आयोजना गर्ने निर्णय गरिएको हो ।

युवा संघ हेटौंडा–९ नम्बर वडा कमिटीका अध्यक्ष शम्भु गुप्ताको अध्यक्षतामा एवम् नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य रघुनाथ खुलालको प्रमुख आतिथ्यता तयारी बैठक बसेको बैठकले भव्य रुपमा भेला आयोजना गर्ने निर्णय गरेको हो । बैठकका प्रमुख अतिथि खुलालले युवालगायत सबै भातृ संगठनहरु शसक्त रुपमा अगाडी बढ्नु पर्ने बताउनुभयो । सबै सङठनलाई पार्टीमा विभिन्न समस्या देखापरिरहेको अवस्थामा पार्टीलाई बलियो बनाउन सर्वप्रथम भातृ संगठनहरुलाई सहि नेतृत्व प्रदान गर्दै सक्रिय बनाउन पर्ने उहाँको भनाई थियो । पार्टीलाई आवश्यक पर्दा हरेक क्षण भातृ संगठनहरु अगाडी बढ्ने भएकाले पार्टीलाई अड्याउने खम्बा भनेका नै भातृ संगठन भएको उहाँले बताउनुभयो । जनताहरुलााई पार्टीप्रति आकर्षित गर्न जनप्रतिनिधीहरुले गरेका विकास निर्माणका कामहरुसहित भातृ संगठनको पनि उत्तिकै महत्वपूर्ण भुमिका रहेको प्रमुख खुलालले बताउनुभयो ।

युवा भेलाबाट राष्ट्रिय युवा संघ वडा कमिटीको नेतृत्व हस्तान्तरण भई कमिटी पुनर्गठन हुने जनाइएको छ । बागमती प्रदेशका निबर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा हुने युवा भेलामा पार्टी प्रवेश लगायतका कार्यक्रम हुने अध्यक्ष गुप्ताले जानकारी दिनुभयो । भेलाको तयारीका लागि जिम्मेवारी बाँडफाँड गर्ने कामहरु गरी कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्ने तयारी रहेको उहाँले बताउनुभयो । बैठकमा नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्यहरु लक्ष्मण प्रसाद भण्डारी, सुदर्शन अर्याल, आशाकाजी श्रेष्ठ, मिना अर्याल, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्यहरु नरेन्द्र भण्डारी, रमिला सापकोटा, सुनिल लोप्चन, लगायत नगर सदस्यहरु तथा वडा कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।











