फाइल तस्विर

काठमाडौँ – मनसुन सुरु भएयता (गत जेठ ३१ पछि) मुलुकभर मनसुनजन्य घटनामा ८५ जनाको मृत्यु भएको छ । मनसुनजन्य घटनामा परी अन्य ४४ जना हराइरहेका गृह मन्त्रालयले जनाएको र हालसम्म पाँच हजार ५ सय भन्दा बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख होमकला पाण्डेले जानकारी दिनुभयो ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापनसम्बन्धी बैठकमा विवरण सार्वजनिक गर्नुहुँदै उहाँले अहिलेसम्म विपद्बाट ७० जिल्ला प्रभावित भएको जानकारी दिनुभयो । आज मात्रै बाढीबाट ४०० जना प्रभावित भएको र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको र तीनको मृत्यु र तीन जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै १९ घरमा क्षति भएको जनाइएको छ । महाशाखा प्रमुख पाण्डेले बाढी पहिरोका कारण आजै साना ठुला गरेर २९ सडक अवरुद्ध भएको जानकारी दिनुभयो । बाढी पहिराले क्षति पुर्‍याएको ३८ जिल्लामा पुनः निर्माण गर्न रु १ अर्ब ११ करोडभन्दा बढी खर्च लाग्ने अनुमान विपद् व्यवस्थापन शाखाले जनाएको छ ।