हेटौंडा – निरन्तर वर्षाको कारण भीमफेदी-६ देउराली नजिक पहिरो जाँदा हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाण्डौ जोड्ने छोटो दूरीको सडक भीमफेदी-कुलेखानी सडक अवरुद्ध भएको छ ।गएराति भीमफेदी गाउँपािलका वडा नम्बर ६ को देउरालि नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । रिमालका अनुसार पहिरो पन्छाउने तयारी भईरहेको छ ।
यसैगरि भैसे-भीमफेदी सडकखण्डको विभिन्न स्थानमा सडकको माथिबाट लेदो माटो खसेको छ । उक्त लेदो माटो हटाउने कार्य पनि भईरहेको उहाँले बताउनुभयो ।