मकवानपुर – मकवानपुर प्रहरीले विभिन्न परिणामको लागूऔषध सहित हेटौंडा–१० बसपार्कबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडा–१० बसपार्कमा रहेको प्रहरी चौर्किबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो बिरगंजबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ३९४३ नम्बरको बसमा सुरक्षा जाँच गर्दा दुईजनालाई पक्राउ गरेकोे हो ।
प्रहरीले लागुऔषध फेनारागन ९ एम्पुल, डाईजोपाम ९ एम्पुल, नुरफिन ९ एम्पुल सहित चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नम्बर १० का ३२ बर्षीय दमन थापा र ३० बर्षका विनोद चौधरीलाई पक्राउ गरेको जनाएको छ । लागूऔषधसहित पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।