मकवानपुर – मकवानपुरमा थप ५४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय १७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा ४९ जनामा र २२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५ जनामा गरि थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको सङ्ख्या १४ हजार १ सय २२ जना पुगेका छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या १२ हजार ९ सय ७ पुगेका छ । जिल्लामा हाल १ हजार १९ जना कोरोना संक्रमणको सक्रिय संक्रमितहरु रहेका छन् । जसमध्ये ९ सय ७३ जना होम आइसोलेसनमा र ४६ जना संस्थागत आइसोलेसनमा उपचार गराइरहेको कार्यालयले जनाएको छ । यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएसंगै जिल्लामा कोरोना भाइरसका कारण जिल्लामा मृइु हुनेको संख्या १५२ पुगेको कार्यालयले जनाएको छ ।