मकवानपुर – मकवानपुरमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५२ जनाको पिसिआर र ६१ जनाको एन्टीजेन विधिद्धारा परीक्षण गर्दा क्रमशः ३० जना र १० जना गरी ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १३ हजार ९ सय ३८ पुगेको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप ६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै जिल्लामा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १२ हजार ६ सय ६७ पुगेको कार्यालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणको काराण जिल्लामा थप एक जनाको मृत्यु भएको छ । यो संगै मकवानपुरमा हालसम्म मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको कार्यालयले जनाएको छ ।