मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् नेपाल कम्युनिष्ट पाट्री एमाले बागमती प्रदेश कमिटि सदस्य रघुनाथ खुलालले विभेदरहित समाज निर्माण गर्नु पर्नेमा जोड दिनुभएको छ । शनिबार हेटौंडामा नेपाल उत्पीडीत जातीय मुक्ति समाज मकवानपुरद्धारा हेटौंडामा आयोजित अगुवा कार्यकर्ता क्षमता विकास तालिमको उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले विभेदरहित समाज निर्माणमा सबैको सकारात्मक प्रयास जरुरी रहेको बताउनुभएको हो ।

प्रमुख खुलालले जातीय विभेद बिरुद्धको अभियानलाई सशक्त रुपमा अगाडी बढाउन आग्रह गर्नुहुँदै अभियन सफल बनाउन सबैको एकाकार प्रयास जरुरी रहेको बताउनुभयो । सबैको एकाकार प्रयास र सकृयताले समाज रुपान्तरण गर्न सकिने उहाँको भनाई थियो । उहाँले जातीय विभेद बिरुद्ध सबै लाग्नु पर्ने साथै जातिय विभेदमा परेका छौं भन्नेहरुले सकारात्कम भएर प्रतिष्पर्धामा आउनु पर्ने बताउनुभयो । अधिकार स्थापीत गर्न र जातीय विभेद अन्तयका लागि समुदाय स्तरमा काम गर्न जरुरी रहेको उहाँको भनाई थियो । उहाँले सकारात्मक भएर समाज रुपान्तरण गर्ने अभियानका रुपमा मुक्ति समाजले काम गरोस भन्ने शुभकामना समेत दिनुभयो ।

नेपाल उत्पीडीत जातीय मुक्ति समाज मकवानपुरकी सह संयोजक राधा विश्कर्माको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय सदस्य केशव रसाइली, कमलकुमार विश्कर्मा, सरिता बिश्कर्मा, समाजका जिल्ला सहसचिव सिताराम सुनारलगायत आयोगका जिल्ला स्थित अगुवा कार्यकर्ताको सहभागिता थियो ।











