टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलतर्फ क्यानडाले स्वर्ण पदक जितेको छ । जापानको योकोहामामा भएको फाइनलमा दुवै टिमले निर्धारित र अतिरिक्त समयमा एकरएक गोल गरेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो । खेलको ३४ औं मिनेटमा स्वीडेनले अग्रता लिएको थियो ।
सेटिना ब्ल्यास्टेनिसले गोल गर्दै स्वीडेनलाई सुरुआती अग्रता दिलाएकी थिइन् । स्वीडेनले त्यही अग्रता पहिलो हाफमा कायम राखे पनि दोस्रो हाफमा जोगाउन असफल रहेको थियो । जारी ओलम्पिकमा क्यानडाको यो सातौं स्वर्ण पदक हो । टोकियो ओलम्पिकमा शीर्ष स्थानमा रहेको चीनले अहिलेसम्म ३६ स्वर्ण, २६ रजत, १७ कास्यसहित ७९ पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले ३१ स्वर्ण, ३६ रजत, ३२ कास्यसहित कुल ९९ पदक जितेको छ भने २४ स्वर्ण, ११ रजत, १६ कास्यसहित ५१ पदक जितेको जापान तेस्रो स्थानमा रहेको छ ।