काठमाडौं– नेपालमा गत २४ घण्टामा ३१०६ जना कोभिड संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३५१९ जनामा गरिएको आरटी पीसीआर र र एन्टीजेन परीक्षणमा ३१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा १९१६ जना संक्रमणमुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । नेपालमा निको भएको दर ९४.१ प्रतिशत रहेको छ ।