मकवानपुर – मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ५६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेको ५६ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२ हजार १ सय ५६ पुगेको छ ।
यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६८ जनाको एन्टीजेन विधिद्धारा परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । एन्टीजेन विधिबाट मात्र गरिएको परीक्षणमा ४१ प्रतिशतमा कोरोना पुष्टि भएको हो । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ८९ पुगेको छ । यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा थप एक जनाका मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १४३ जना पुगेको कार्यालयले जनाएको छ ।