मकवानपुर– नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर हेटौंडा–१ चौकिटोल स्थित सुमो काउण्टरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका बेला यात्रुहरु नठगिउन भन्ने उदेश्यका साथ यात्रु सहयताकक्ष स्थापना गरिएको हो ।
वडा प्रहरी कार्यालय र प्रहरी चौकी चौकीटोलको सक्रियतामा सहायता कक्ष स्थापना भएको हो । चाडपर्वमा यात्रुहरुको चाप बढि हुने भएकाले सहजिकरणका लागि सहयता कक्ष स्थापना गरेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभएको छ । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य बेगम बराल, प्रहरी चौकी चौकीटोलका प्रहरी सहायक निरीक्षक दिपक दुलाल, स्थानीय समाजसेवी, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । हरेक वर्ष चाड पर्वका बेला सहयता कक्ष स्थापना हुने गरे पनि प्रभावकारी भने हुन सकेको छैन् ।