सुनको मुल्य आज पनि बढेको छ । हिजो तोलामा दुई सय रुपैयाँले बढेको सुनको मुल्य आज फेरि चार सय रुपैयाँले बढेको हो । सुन आज तोलामा ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मुल्य भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।