काठमाडौँ – आज देशभर कोरोना भाइरसको सङ्क्रमणबाट २ हजार १ सय ६४ जना निको भएका छन् । नेपालमा हालसम्म ६ लाख ३० हजार ४ सय ७ संक्रमित निको भइसकेका स्वास्थ्य तथा जनसङ्ख्या जनाएको छ । तथ्याङ्क अनुसार ९४ दशमलव ७ प्रतिशत संक्रमित निको भएका हुन् ।
आज १ हजार ८ सय ७५ जना नयाँ संक्रमित थपिएका छन् । १० हजार ६६ नमुनाको पीसिआर तथा एन्टीजेन परिक्षण गर्दा १ हजार ८ सय ७५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमणका कारण आज थप २१ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार ५ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।