हिजोदेखि परेको अविरल वर्षाको कारण मध्यरातमा पहिरो जाँदा अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक सुचारु भएको छ। गए राति करिब २ बजे इच्छाकामना गाउँपालिका–६ पाँच किलोमा माथिबाट लेदो सहितको पहिरो गएपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो।अवरुद्ध सडकको पहिरो पन्छाएर अहिले सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । राजमार्ग सुचारु भएपछि उक्त क्षेत्रमा निरन्तर पानी परिरहेकोले सकेसम्म वैकल्पिक मार्ग प्रयोग गरेर यात्रा गर्न,अन्यथा सजग रहेर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।