नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ९० हजार ६ सय तोकिएको सुनको मुल्य तोलामा ६ सयले घटेर ९० हजार तोकिएको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको ८९ हजार ५ सय ५० हजार तोकिएको छ ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १३ सय मुल्यमा कारोबार भइरहेको चादी आज तोलामा १० घटेर १२ सय ९० तोकिएको महासंघले जनाएको छ।