मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिकाले सबै क्षेत्रमा समानुपातिक र योजनाबद्ध विकास भएको जनाएको छ । जिल्ला समन्वय समिति मकवानपुरद्धारा मंगलबार गाउँपालिकाको योजनाहरुको अनुगमनका क्रममा गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले भौतिक पूर्वाधारसँगै सामाजिक र आर्थिकलगायत क्षेत्रमा परिर्वतन भएको बताउनुभएको छ । उहाँले बिशेष गरि ४ वर्षमा सामाजिक क्षेत्रमा गरेको कामले निकै सन्तुष्टि मिलेको बताउनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीलाई गाउँपालिका अध्यक्ष उप्रेतीले सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, धार्मिक एवम् ऐतिहासिक पर्यटनस्थलको विकास, आर्थिक उपार्जनका कार्यक्रमहरुबाट गाउँपालिकाको मुहार फेरिएको र यसबाट निकै खुशी लागेको बताउनुभयो । उहाँले समाजिक क्षेत्रमा बिशेष गरि महिला तथा बालबालिका, बृद्धबृद्धा, अपाङ्गलगायत क्षेत्रमा महत्वपूर्ण कामहरु भएको बताउनुभयो । उहाँले कृषि, पशुलगायत क्षेत्रमा समेत समानुपातिक ढंगले योजनाबद्ध रुपमा कामहरु भएको जानकारी दिनुभयो ।

No description available.

अध्यक्ष उप्रेतीले ४ वर्षमा अपाङ्गता भएकाहरुलाई रोजगारीमा जोड्न सफल भएको, पर्यटनका क्षेत्रमा ऐतिहासिक मनकामना मन्दिर, सिद्धकाली मन्दिर, चर्च, गुम्बालगायतको संरक्षण, विभिन्न तालतलैयाको संरक्षण, बुद्धशान्तिपार्क निर्माण, मातिदेवी पार्क निर्माण, ५ वटा पुलको निर्माण प्रकृया सुरु, एकिकृत बोटेबस्ती, बनकरीया बस्ती निर्माण, मदनभण्डारी क्षेत्रीय रंगशाला निर्माण लगायतका जनताले प्रत्यक्ष लाभ पाउने काम भएको बताउनुभयो । यस्तै उहाँले यो ४ वर्षमा प्रशासनिक रुपमा सहयोग नपाउँदा भने दुख लागेको बताउनुभयो । उहाँले मनहरी गाउँपालिका आरक्षण क्षेत्र भित्र पर्ने हुँदा यहाँका प्राकृतिक स्रोत साधनको उपयोगमा प्रशासनिक रुपमा असहयोग भएका कारण अझै सोँचे अनुसारको काम गर्न नपाउँदा खल्लाे महसुस गरेकाे बताउनुभयो ।

No description available.

सो क्रममा जिसस प्रमुख खुलालले गाउँपालिकाले योजनाबद्ध विकास गरेको पाईएको बताउनुभयो । उहाँले सबै कुरा एकै पटक प्राप्त नहुने भन्दै विस्तारै विकासका गतिहरु ऋगाडी बढ्को पाईएको बताउनुभयो । उहाँले आगामी बजेट निर्माण गर्दा अधुरा योजना सम्पन्न गर्ने गरि र युवा परिचालनलाई ध्यानमा राखेर बजेट निर्माण गर्न सुझाव दिनुभयो । उहाँले कोरोना महामारिलाई न्यसनिकरण गर्ने गरि बजेट तयार गर्न समेत सुझाव दिनुभएको थियो ।

No description available.

अनुगमनका क्रममा गाउँपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालको अनुगमन गर्नुका साथै अवस्थाका बारेमा समेत जानकारी लिइएको थियो । सो क्रममा कोभिड अस्पतालका स्वास्थ्यकर्मीहरुले हालसम्म गाउँपालिकामा १०९८ जनाको परिक्षण गरिएको मध्ये ५३१ ज्नामा संक्रमण पुष्टि भएको तथा हाल गाउँपालिकामा २३५ जना सकृय संक्रमित रहेका जानकारी दिईएको थियो । यस्तै हालसम्म कोभिड अस्पतालमा ८५ जनालाई सेवा प्रदान गरिएको र अहिले अस्पतालमा ६ जना उपचाररत रहेको तथा गाउँपालिकामा हालसम्म कोरोना संक्रमणका कारण १० जनाको ज्यान गएको जानकारी दिईएको थियो ।

No description available.

अनुगमन टोलीले मनहरी गाउँपालिकाको लागानीमा निर्माणाधीन १ नम्बर वडा कार्यालय भवन, जिससको मौजदात कोषबाट निर्माण भएको २ नम्बर वडा कार्यालय भवन, गाउँपालिकाको लगानीमा निर्माणाधीन च्यापल खोला पुल, ठाडोखोला पुल, जिससको लागनीमा मनहरी बहुमुखी क्याम्पसमा निर्माण भईरहेको क्याम्पसको पर्खाल, गुम्बा, मदनभण्डारी क्षेत्रीय रंगशाला, मानेडाँडा–रमौली सडक, प्रदेश सरकार र गाउँपालिकाको एक÷एक करोडको लगानीमा निर्माणाधीन रमौली १० मिटर सडक, वडा नम्बर ३ स्थित गौरी धारा, सामुदायीक लज, ड्रयागन फ्रुट खेतीलगायतको अनुगमन गरेको थियो । अनुगमन टोलीमा जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिमाल, शाखा अधिकृत भीमलाल महर्जन, नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, गाउँपालिकाका नायब सुब्बा डिल्ली रेग्मीलगायतको सहभागिता थियो ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.