मकवानपुर – मकवानपुरमा सञ्चालनमा रहेका मध्ये १७ वटा एम्बुलेन्समा आज जिपिएस जडान गरिएको छ । आपतकालिन अवस्थामा एम्बुलेन्स सेवालाई सहज बनाउने उदेश्यले जिपिएस जडान गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको जेठ १९ गते गरेको निर्णय अनुसार निर्णय अनुसार जिल्ला स्वास्थ्य कार्यालयले जिपीएस जडान गरेको जनाएको छ । आपतकालिन अवस्थामा एम्बुलेन्सहरु काँहा काँहा रहेको भन्ने जानकारी पाउन र सेवामा सहजता प्राप्त गर्ने उदेश्यका साथ जिपीएस जडान गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकिय अधिकृत (सुचना अधिकारी) देबचन्द्र गर्तौलाले जानकारी दिनुभयो । जिपिएस जडान भएका एम्बुलेन्सको मोनिटरिङको काम आजबाट जिल्ला प्रहरी कार्यालयबाट सुरु भएको समेत उहाँले बताउनुभयो ।
