काठमाण्डौ – आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको विजेताले १८ करोड ७५ लाख रुपैयाँ बराबरको पुरस्कार रकम पाउने भएको छ ।आईसीसीका प्रमुख कार्यकारी अधिकृत जिअफ अलारडाइसले टेस्ट च्याम्पियनशिपको विजेताले १ दशमलव ६ मिलियन डलर बराबरको पुरस्कार रकम पाउने घोषणा गर्नुभएको ईएसपीएन–क्रिक–इन्फोले जनाएको छ । यो रकम १८ करोड ७५ लाख नेपाली रुपैयाँ हुन आउँछ ।
यस्तै उपविजेताले नौ करोड ३७ लाख रुपैयाँ पुरस्कार रकम पाउने ईएनपीएन–क्रिक–इन्फोले जनाएको छ । फाइनल खेल बराबरी भएमा पुरस्कार रकम बाँडिने ईएनपीएन–क्रिक–इन्फोमा उल्लेख छ । यही जुन १८ देखि सुरु हुने विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा भारत र न्युजिल्यान्ड खेल्दै छन् ।